नियम ५ग
विदेशी कार्यक्रम वा विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेन्चाइज) को लागि स्वीकृति लिनु पर्ने:
(१) कसैले नेपालभित्रको अनुमति प्राप्त
टेलिभिजन . च्यानलबाट कुनै विदेशी कार्यक्रमको
प्रसारण अधिकार (फ्रेच्चाइज) लिई आफैंले कार्यक्रम
उत्पादन गरी नेपालभित्र प्रसारण गर्न चाहेमा वा प्रत्यक्ष
प्रसारण हुने विशेष कार्यक्रम वा खेलकुदको प्रत्यक्ष
प्रसारण गर्न चाहेमा मन्त्रालयबाट स्वीकृति लिनु
पर्नेछ।
स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “फ्रेञ्चाइज” भन्नाले कुनै ब्रान्डको ट्रेडमार्क वा ट्रेडनेम वा मोडालिटी अन्तर्गत रही कुनै व्यक्ति वा प्रसारक संस्था आफैंले कार्यक्रम उत्पादन गर्ने अधिकार सम्झनु पर्छ ।
(२) उपनियम (१) बमोजिम: स्वीकृति लिनको लागि अनुसूची-५(क) बमोजिमको - दस्तुर सहित अनुसूची-३(ग) बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम निवेदन दिँदा प्रसारण गरिने प्रत्येक कार्यक्रमको लागि छुट्टा-छुट्टै निवदेन दिनु पर्नेछ ।
(४) उपनियम (२). बमोजिम प्राप्त निवेदन उपर मन्त्रालयले आवश्यक जाँचबुझ गर्दा निवेदकलाई स्वीकृति दिन उपयुक्त देखेमा अनुसूची- ५(ख) बमोजिमको दस्तुर लिई अनुसूची-४(ग) बमोजिमको ढाँचामा विदेशी कार्यक्रमको प्रसारण गर्न स्वीकृति दिनु पर्नेछ।
(५) यो- नियम प्रारम्भ भएपछि कुनै पनि प्रसारण संस्थाले विदेशी कार्यक्रम प्रसारण गर्न पाउने छैन ।
तर यो नियम प्रारम्भ हुँदाका बखत विदेशी कार्यक्रमको स्वीकृति प्राप्त गरी कार्यक्रम प्रसारण गरिरहेका प्रसारण संस्थाले त्यस्तो स्वीकृति प्रदान गर्दा निर्धारण गरिएको अवधिसम्म कार्यक्रम प्रसारण गर्न बाधा पर्ने छैन ।